FAQs Complain Problems

कोठखोला गाउँसभा फागुन २ गतेसम्मको लागि स्थगित

काठेखोला गाउँपालिका बागलुङको चौथो गाउँसभा दोस्रो पटक स्थगित भएको छ ।
गाउँसभा प्रस्तुत भएका ऐन, विध्येक र कार्यविधिमा छलफलको लागि गाउँसभा सदस्यले थप समय माग गरे पछि सोमबार फागुन २ गतेसम्मको लागि गाउँसभा स्थगित गरिएको हो ।
गाउँसभामा उपाध्यक्ष अर्जुन खत्रीले काठेखोला गाउँपालिको न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, पूर्वधार विकास समितिका संयोजक प्रेम जिसीले काठेखोला गाउँपालिकाको पूर्वधार विकास विध्येक, र सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक टिका संगम विकले भवन निर्माण इजाजत पत्र तथा घरनक्सा पास सम्बन्धी कार्य विधि प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत ऐन, विध्येक र कार्यविधिमाथि काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खडक थापा र वडा ८ का वडा सदस्य काशीराम कँडेलले बोल्नुभएको थियो । दुवै जनाले प्रस्तुत ऐन, विध्येक र कार्यविधिमा छलफलको लागि थप समयको माग राख्नुभएको थियो ।
माघ १५ गतेदेखि सुरुभएको गाउँसभामा सोमबारदेखी दफावार छलफल सुरुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो । गाउँसभाले गाउँपालिका अन्तर्गतका १६ जनालाई सामुदायिक मेलमिलाकर्ताको रुपमा सूचिकृत गरेको छ ।

आर्थिक वर्ष: