FAQs Complain Problems

समाचार

काठेखोला गाउँपालिकामा जनश्रमदान

मिति २०७५/०५/२९ गते काठेखोला गाउँपालिका को लामावगरघाटमा  काठेखोला गाउँपालिकाका कर्मचारी तथा जन प्रतिनिधि साथै जनसहभागितामा सडक मर्मत कार्य गरिएको छ । आफनो गाउँ आफै बनाउ र बिकासका लागि जनसहभागिता भन्ने मुख्य नाराका साथ आजको कार्यक्रम सम्पन्न भएको छ । विकासको लागि सबै एकजुट भए गाउँपालिकाले कोल्टे फेर्न समय नलाग्ने सहभागि सबैको धारणा रहेको छ । केही मात्र नभई गाउँपालिका का सबै जनता हरु एक जुट भए गाउँपलिकाको विकासको लागि समय नलाग्ने साथै बिकास पनि दिगो हुन सक्छ । आफ्नो घर अगाडीको बाटो बिग्रिदा पनि नदेखे जस्तो गर्नेहरुको लागि यो पाठ रहेको छ । सबै कुरामा सरकारलाई गालि गर्नेको लागि पनि यो पाठ हो र यस बाट काठेखोला गाउँपालिकाका सम्पुर्ण जिम्मेवार र सक्षम जनताले आफ्नो गाउँ बनाउन  आफ्नो के योगदान हुन सक्छ भन्ने सोच्नु पर्ने समय आएको संकेत गरेको छ । आफ्नो ठाउँको बिकास हुदा आफ्नो पनि बिकास हुन्छ भन्ने बिर्सेका हरुले नपि सोच्ने बेला आएको छ साथै यसै गरि सबै वडा तथा टोल टोल मा बिकासको लागि जनसहभागित हुने सबैको  अपेक्षा रहेको छ। जनश्रमदान भनेर झुठो जनश्रमदान गर्नेहरुको लागि यो नमिठो झापड रहेको छ । बिकासको लागि जनश्रमदान आत्यन्त जरुरी छ त्यसैले गाउँपालिकाका सबै नागरिकहरु तथा जनप्रतिनिधि  एकजुट भएर गाउँपालिकाको बिकासमा सहभागि हुने समय आएको यो कार्यक्रमले प्रस्ट पारेको छ

आर्थिक वर्ष: