FAQs Complain Problems

काठेखोला गाउँपालिका गाउँकार्यपालिकाको बैठक

काठेखोला गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७५/५/११-१२ मा काठेखोला गाउँपालिकाको पर्यटकिय स्थल घोडाबाँधे मा बसेको बैठकमा गाउँपालिका विभिन्न बिषयमा छलफल भएको छ ।

यस बैठकमा गाउँकार्यपालिका अध्यक्ष अम्मर बहादुर थापा तथा सवै वडाका वडाध्यक्ष , कार्यपालिका सदस्य  र हरेक वडाका सचिवहरुको उपस्थिति रहेको थियो साथै बैठक को संचालन काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर वि.क ले गर्नु भएको छ। 

बैठकमा गाउँपालिका निम्न बिषयहरुमा छलफल भएको छ। 

१) सार्वजनिक खरिद कार्यविधि

२)एकिकृत सम्पत्ति कर 

३)सम्पत्तिको मुल्याङकन

४)घ वर्ग निर्माण व्यवसाय दर्ता कार्यबिधि

५)कार्यक्रम संचालनको प्रकृया , योजनाको कार्यन्वयन 

६)सामाजिक सुरक्षा

सबै विषयमा सहभागिहरुले आ-आफ्ना धारणा राख्नुभएको छ र सबैले गाउँपालिकाको बिकाशनै सबैको साझा उद्देश्य भएको धारणा व्यक्त गर्नुभएको छ । गाउँपालिकाको बिकश र समबृद्धिको लागि सबैले आ-आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबध्दता गर्नुभएको छ साथै गाउँपालिकाको योजनाहरु समयमा नै सक्ने प्रतिबद्धता गर्नु भएको छ।

 

आर्थिक वर्ष: