समाचार
"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने मूल नाराका साथ काठेखोला गाउँपालिकामा आज देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज मंसिर ४ गते एक समारोहका बिच शुभारम्भ भएको छ ।
"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने मूल नाराका साथ काठेखोला गाउँपालिकामा आज देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज मंसिर ४ गते एक समारोहका बिच शुभारम्भ भएको छ ।
काठेखोला गाउँपालिकाको आयोजना र स्थानीय महिला समन्वय समितिको संयाेजन तथा व्यवस्थापनमा आज मंसिर ९ गते देखी मंसिर २४ गते सम्म संचालन हुने उक्त अभियानको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष श्री तेज बहादुर थापाज्यूले दीप प्रज्वलन गरि गर्नु भएको थियो । स्थानीय महिला समन्वय समितिका संयोजक श्री सुन्तली विकज्यूको अध्यक्षता, कार्यपालिका सदस्य श्री गिता देवि विकज्यूको स्वागत र सदस्य सचिव श्री रश्मी गौतमज्यूको संचालनमा रहेको सो कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतम, वडा नम्बर १ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक श्री खड्क थापा, वडा नम्बर ४ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक श्री लक्ष्मण पुन, वडा नम्बर ६ का वडा अध्यक्ष एवं सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक श्री बृस्पति कँडेल, गाउँपालिकाका प्रवक्ता श्री टिका संगम विक, कार्यपालिका सदस्य श्री देवी थापा, स्थानीय महिला समन्वय समितिका सदस्य श्री उजेली शर्मा लगाएतका व्यक्तित्वज्यूहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, महिला समन्वय समितिका पदाधिकारीहरु र स्थानीय महिला, जेष्ठ नागरिक, बालबालिकाको उपस्थिती रहेको थियो ।