FAQs Complain Problems

काठेखोला गाउँपालिकाको २० बर्षिय रणनैतिक गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुतिकरण

आज मिति २०७६-०५-२४ गते काठेखोला गाउँपालिकामा काठेखोला गाउँपालिकाको २० बर्षिय रणनैतिक गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुतिकरण भएको छ । यस कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नु भएको थियो भने यस कार्यक्रमा संघिय सामसद माननिय डा. सुर्य पाठक र प्रदेश सभा सामसद ईन्द्रलाल सापकोटा साथै बिभिन्न राजनैतिक दलका मुख्य व्यक्तित्वहरुको र विभिन्न संघ संस्था तथा बुद्धिजिबिको  उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा काठेखोला गाउँपालिकाको २० बर्षे रणनितिक गुरुयोजना , संभावना र आघारहरुको बारेमा प्रस्तुतिकरण भएको छ ,साथै मस्यौदामा विभिन्न व्यक्तिहरुले सुझाव दिनु भएको छ। सोहि सुझाव बमोजिन यस मस्यौदामा संसोधन हुने र काठेखोलाको दिगो बिकास प्राप्तिको लागी अगाडि बड्ने जानकारी काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर विश्वकर्माले दिनुभएको छ

साथै यस मस्यौदा सम्बन्धि केहि सुझाव तथा गुनासो भएमा मिति २०७६-०५-३० गते सम्ममा काठेखोला गाउँपालिकाको कार्यलयमा लिखित पेश गर्नु हुन अनुरोध छ। साथै ३० गते पछिका मस्यौदा सम्बन्धि सुझाव तथा गुनासोहरु दर्ता नहुने व्यहोरा अनुरोध गरिन्छ।

 

पेश भएको मस्यौदा तल छ|

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: