FAQs Complain Problems

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा संचालन गरिएको एकीकृत घुम्ती शिविरका केही झलकहरु ।

एकिकृत घुम्ती शिविरको चौथो दिन आज वडा नं. ४ तंग्राममा ।
काठेखोला गाउँपालिकाद्धारा सञ्चालन भइरहेको चौथो दिनको एकिकृत घुम्ती शिविर आज वडा नं. ४ तंग्राममा सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई जनताको घर आँगनीमा पुगेर सेवा दिने उद्धेश्यका साथ काठेखोला गाउँपालिकाद्धारा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरको चौथो दिन वडा नं. ४ तंग्रामको वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा योजना सम्झौता ९, जेष्ठ नागरिक परिचयपत्र १७९, अपांग परिचयपत्र ४, कृषि तथा पशुसेवा ७५, आयुर्वेद स्वास्थ्य सेवा ६० र १४२ जना नागरिकहरुको स्वास्थ्य परिक्षण सेवा प्रवाह गरिएको थियो । कार्यवाहक वडाअध्यक्ष नर बहादुर पुनले उदघाटन गर्नुभएको चौथो दिनको शिविरमा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, प्रवक्ता टिका संगम वि.क., लेखा अधिकृत माधव शर्मा, आलेप प्रमुख पुर्ण प्रसाद सापकोटा, विभिन्न शाखाका प्रमुख एवम अन्य कर्मचारीहरुको सहभागीता रहको थियो । शिविरमा बागलुङ नगर अस्पतालका प्रमुख गरिमा खनालले स्वास्थ्य परिक्षण गर्नुभएको थियो भने काठेखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डे, योजना शाखा अधिकृत उत्तम पौडेल, प्राविधिक शाखा प्रमुख विनोद लामिछाने, सुचना प्रविधि शाखा प्रमुख नारायण पौडेल, कृषि शाखा प्रमुख भावना रोका, पशुसेवा शाखाका प्रमुख होम बहादुर थापा, आर्युवेद शाखाका प्रमुख गोपाल शर्मा, रोजगार सेवा शाखा प्रमुख जनक पौडेल लगायतका दुइ दर्जन भन्दा बढि कर्मचारीहरुले सेवा दिनुभएको थियो । वडा नं. १ बाट शुभारम्भ गरिएको एकिकृत घुम्ती शिविरमा योजना सम्झौता, जेष्ठनागरिक एवम अपांग परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवम पशुसेवा र बैदेशिक रोजगार बोर्ड बाट प्रदान गरिने कल्यानकारी सेवाको सहजीकरण श्रम स्विकृति लगायतका सेवा प्रवाह गरिएको छ ।

आर्थिक वर्ष: