Submitted on: Mon, 10/30/2023 - 18:06
काठेखोला गाउँपालिकाद्धारा सञ्चालन भइरहेको एकिकृत घुम्ती शिविर आज वडा नं. ७ रेशमा सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई जनताको घर आँगनीमा पुगेर सेवा दिने उद्धेश्यका साथ काठेखोला गाउँपालिकाद्धारा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविर वडा नं. ७ रेशको वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा योजना सम्झौता १३, जेष्ठ नागरिक परिचयपत्र ९४, अपांग परिचयपत्र ५, कृषि तथा पशुसेवा ७५, रोजगार बाेर्ड सचिवालयद्धारा प्रदान गरिएको कल्याणकारी सेवा ३, आयुर्वेद स्वास्थ्य सेवा ६३ र ८३ जना नागरिकहरुको स्वास्थ्य परिक्षण सेवा प्रवाह गरिएको छ ।
Pages