FAQs Complain Problems

घटना दर्ताको विवरण सच्याउने जन्म दर्ता प्रमाणपत्रमा संशोधन,जन्म मिति सच्याउनको लागि

सेवा प्रकार:

लाग्ने समय: 
बढिमा १ महिना
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / गाउँ शिक्षा अधिकृत
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 

१)परिक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परिक्षाको लब्धाङ्कपत्र(लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।) र बिद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा
२)अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा
३)नाबालक परिचयपत्र वा
४)नागरीताको प्रमानपत्र वा
५)कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तिमा ५ जना नेपाली नागरीकता प्राप्त व्यक्तिको (सर्जमिन मुचुल्का गर्नेहरुको नागरीकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ।

प्रक्रिया: 

१)सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहितको कागजातहरु पेश गर्ने
२)स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधन लागि सिफारिस सहित अनुरोध गर्ने ।
३)गाउँपालिका कार्यालयमा निवेदन / पत्र दर्ता गर्ने।
४)तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने।
५)निवेदकले तोकिएको शुल्क बुझाउने।
६) चलानी गरी निवेदकलाई सिफारिस तयार गर्ने।